गायक तथा संगीतकार सुगम पोखरेल को ‘दर्शन’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक

0

गायक तथा संगीतकार सुगम पोखरेलले आफ्नो सातौं गीती संग्रह श्‍वेत हंसिनी’मा समावेश हुने नयाँ गीत ‘दर्शन’को म्युजिक भिडियो यही शुक्रबार युट्युबमा सार्वजनिक गरेका छन् । गीतले ईश्‍वरलाई खोज्दै हामी कहाँकहाँ धाउँछौँ तर ईश्‍वर हरेक मानिसमा जीवित हुन्छन् भन्‍न खोजेको छ ।

 

लाखौंको भेटी, मिठाई र दूध चढाइन्छन् ईश्‍वरलाई भनेर, तर त्यसमध्ये अलिकति मात्रै पनि दीन दुःखी र आवश्यकतामा परेकालाई सहयोग स्वरूप दिन सकियो भने साँचो धर्म त्यही हुने गीतको भावार्थबाट बुझिन्छ । सुगम पोखरेलको यो गीत ‘दर्शन’लाई मनिष बशिष्ठले लेखेका हुन ।

गीतमा संगीत सुगम आफैले भरेका छन् । संगीत संयोजन शैलेन्द्र प्रधानको छ । उत्सव दाहालले खिचेको र विकाश धमलाले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । अभिनयमा रङ्गमञ्चका कलाकार सफर पोखरेलका साथमा निर्मल दाहाललाई देख्न सकिन्छ । गीतलाई पशुपति क्षेत्रमा छायांकन गरिएको छ ।

Share.

About Author

Leave A Reply