तीज सिजन ५ को टेलिभिजन र एफ एम रेडियोहरुले प्रसारण गर्ने बिजेतालाई ३० हजार सहित म्युजिक भिडियोमा अभिनय गर्ने अबसर,अडिसन तयारी तिब्र

0

 

साउन २४\ नेपालगंज

रेडियो कृष्णसार एफएमको आयोजनामा हुन लागेको आउँनाचौ तीज सिजन ५ वीथ होटल द ग्यालेक्सी दरवारको छनोट चरण र फाईनल प्रतियोगीतको अडिशन तयारी तिब्र पारिएको छ । अडिशन भाद्र २ गते कोहलपुर,३ गते गुलरीया ,४ गते नेपालगंज र ६ गते नेपालगंमै हुने फाईनल प्रतियोगिताको स्थानिय एफ एम रेडियो र टेलीभिजनले प्रसारण गर्ने भएका हुन । अडिशन र फाईलन प्रतियोगिताको कृष्णसार एफ एम,प्रतिबोध एफ एम र नेपालगंज एफ एम तथा बागेशवरी टेलिभिजनले प्रशारण गर्ने ईभेन्ट कोअर्डिनेटर माधव अधिकारीले बताउनुभयो । आउ नाचौ सिजन ५ लाई होटल द ग्यालेक्सि दरबारको साथ रहेको छ । यस्तै यमाहा अनलाईन ओभरसिज सहप्रायोजक तथा ग्यालेक्सि ईन्टरनेशनल ट्रेड सेन्टर नेपालगंज,एम एस ट्रेड ईन्टरनेशनल,नबिन ईम्पोरियम कोहलपुर,नेपालगंज किराना तथा खाद्य ब्यवसायी संघ,सौराई लागि राईसुवाकि न्याउल्या काब्य,कान्तिपुर ईलेक्ट्रोनिक्स प्लाजा,गुप्ता मोबाईल ईलोक्ट्रोनिक्स,प्राईप लाईफ ईन्सोरेन्श लगायतको प्रायोजन रहेको छ । रेडियो कृष्णसारको आउ नाचौ तीज सिजन ५ मा उत्कृष्ट हुनेले नगद रु ३० हजार पुरस्कार सहित म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्ने छन । प्रतियोगितामा एकल,युगल वा ४ जनासम्मको समुहका प्रतियोगीले प्रतिस्पर्धा गर्न पाउनेछन । आउ“ नाचौं तीज सिजन ५ मा प्रथम हुनेलाई नगद रु ३० हजार,द्धितिय हुनेलाई नगद रु २० हजार र तृतिय हुनेलाई नगद रु १० हजार र चौथो स्थान प्राप्त गर्नेलाई सान्त्वना रुवरुप नगद रु ५ हजार पुरस्कार प्रदान गरीने छ ।

Share.

About Author

Leave A Reply