दलित महिला संघ बांके फेडोले अल्पसंख्यक र सिमान्कृत समुदायका लागि पनि कार्यक्रम गर्ने

0

साउन ११ ।दलित महिला संघ बांके फेडोले आज नेपालगंजमा नया परियोजनाबारे सरोकारवालाहरु संग परिचयात्मक छलफल कार्यक्रम गरेको छ । महिला ससत्तीकरण र आर्थिक पुहच विस्तारमा काम गर्दे आएको सस्थाले अल्पसंख्यक र सिमान्कृत समुदायका लागि पनि कार्यक्रम गर्ने संघका अध्यक्ष निर्मला सुनारले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगरले दलित महिलाहरुको आर्थिक पहुच विस्तारका लागि उपमहानगरपालिकाले बनाउन लागेकाले निति तथा कार्यक्रममा समेट्ने र यसका लागि संघले पनि सहकार्य गर्न जरुरी रहको बताउनुभयो ।

Share.

About Author

Leave A Reply