पल र जुनाको ‘बरिलै’

0

मोडल पल शाह र जुना सुन्दासलाई फिचरिङ गरिएको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । विकास सुवेदीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा पल पूर्ण रुपमा डान्सिङ अवतारमा देखिएका छन् । चलचित्रमा काम गरेको करिब नौ महिनापछि पलले म्यूजिक भिडियोमा काम गरेका हुन् ।

किरण भुजेलको स्वरमा रहेको ‘बरिलै’ बोलको गीतमा डीपी खनालको शब्द, शंकर थापाको संगीत छ । यो गीतको भिडियोको कोरियोग्राफी सुनिल क्षेत्री र नेपाली ठिटोज टिमले गरेका छन् ।

Share.

About Author

Leave A Reply