प्यूठानमा स्कारपियो जीप दुर्घटना हुदा ६ जनाको मृत्यु, ३ घाईते

2

चैत्र ११

आज बिहान प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नं. ४ को रुमालेमा स्कारपियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  ३ जना गम्भिर घाईते भएका छन्  । बा ८ च १५६१ नं. को निजि गाडीे बिहान करिब ७ बजे तिर काठमाडौँबाट स्वर्गद्धारी दर्शनका लागि  जादै गरेको  बेला एक्कासी बाटो भन्दा करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी ५ जना महिला र १ पुरुष गरी ६ जनाका मृत्यु भएको हो । ललितपुरको गोठीखेल घर भएका चालक सरोज घले मगर सहित अन्य २ जना महिला गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय भिँगृका निमित्त ईन्चार्ज प्रशान्त बुढा मगरले जानकारी दिनुभयो । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१४ तिखीदेवलका दिनेश बस्नेत तथा उहाँका छोरीहरु दीक्षा, पद्मा र दिया छन् । त्यस्तै, सोही ठाउँका सुनीता श्रेष्ठ र श्रृष्टि खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

Share.

About Author