प्रेस क्लब बांके शाखाको संयोजकमा सावित्री गिरी

0

बांके । सुशासन, प्रेस स्वतन्त्रता,स्थानीय विकास, पर्यटन प्रर्वद्धन र प्रकृति संरक्षणमा डेढ शदशकदेखि कृयाशील संस्था प्रेस क्लब नेपाल (पी सी एन ) को बाके शाखाको सुशासन,प्रेस तथा विकास समितिको संयोजकमा रेडियो कृष्णसार एफ. एम. का समाचार प्रमुख तथा युवा जुझारु पत्रकार सावित्री गिरी चयन हुनु भएको छ ।
स्थानीय विकासका गतिविधिलाइ स्थानीय संचार माध्यमद्दारा प्रकाशन,प्रसारण र प्रचारप्रसार गरि सुशासन प्रर्वद्धन र प्रेस तथा अभिब्यतिm स्वतन्त्रतामा जोड दिदै आएको प्रेस क्लब अफ नेपाल (पी सी एन)का केन्द्रिय अध्यक्ष यम घिमिरेको उपस्थितिमा युवा पत्रकारहरुको भेलाले गिरीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उप संयोजकमा पत्रकार लोकप्रिय सन्देशका दिनेश ठाकुर ,सदस्य सचिवमा कृष्णसार एफ एम कै कमला हमला चयन हुनु भएको छ । सदस्यहरुमा एबीसी टेलिभिजनका कृष्ण वली, वागेश्वरी एफ एमका भिष्म लोध, सदभाव एफ एमका निशु जोसी, रेडियो मोर्निंग स्टारका प्रेम विश्वकर्मा, सदरलाईन अनलाईनका स्मृति देवकोटा, दैनिक नेपालगंजका देबेन्द्रराज पौडेल, भिजन टेलिभिजनका भगतराम थारु, प्रतिबोध एफ एमका पवित्रा परियार, कृष्णसार एफ. एम.कै लक्ष्मी गौडेल चयन हुनुभएको छ ।
स्थानीय विकासमा कृयाशील जनप्रतिनिधी,सरकारी तथा गैर सरकारी निकाय, संचारमाध्यम,सहकारी र निजी क्षेत्र निजी क्षेत्रले गरेका रचनात्मक कार्यहरुलाई संचार माध्यमद्धारा प्रकाशन एंव प्रसारण गरि विकासमा जनसहभागिता अभिबृद्धि गर्न र जनप्रतिनिधीहरुलाई विकास कार्यमा अझ बढि हौसला प्रदान गर्न समितिले प्रभावकारी भुमिका खेल्ने पी सी एन अध्यक्ष यम घिमिरेले बताउनु भयो ।
समितिले स्थानीय तहमा कृयाशील जनप्रतिनिधि,राजनैतिक दल,निजी क्षेत्र, नागरिक समाज,सरकारी तथा गैर सरकारी निकाय निकायकोे भूमिका र दायित्वलाई स्पष्ट पार्दै थप जवाफदेही एंव पारदर्शी बनाउन संचारपैरवीका साथै साक्षात्कार ,अन्तरक्रिया एंव सचेतनाका कार्यक्रमहरु पनि संचालन गर्नेछ । साथै समितिले विकासका कार्यहरुको अनुगमन र मूल्यांङ्कन गरी आवश्यक राय ,सुझाव पनि प्रदान गर्नेछ ।
पहिलो चरणमा प्रदेश नम्बर ५ ,६ र ७ का उपमहानगर,नगर र गाउपालिकामा समिति गठन गरिने पी सीएनले जनाएको छ
पत्रकार तथा प्रशिक्षार्थी पत्रकारहरुलाई एक सुत्रमा आबद्ध गर्दे समसामयिक तथा विकास सम्बन्धि कार्यलाई संचार माध्यमद्दारा प्रकाशन एंव प्रसारण गरि विगत १६बर्षदेखि स्थानीय विकासमा योगदान पुरयाईरहेको प्रेस क्लब अफ नेपाल (पी सी एन) ले समाज विकासमा योगदान पुरयाउने संचारकर्मी,समाजसेवी,नागरिक अगुवा,जनप्रतिनिधी,राष्ट्रसेवक कर्मचारी ,उधोगी व्यवसायीलाई सम्मान गरि उनीहरुको हौसला बढाउने कार्य पनि गर्दे आईरहेको छ ।

Share.

About Author

Leave A Reply