रौतहटमा बालिका मृत्यु प्रकरणः सडकको ठेकेदारलाई प्रहरीले छाड्यो

0

२२ साउन, रौतहट । रौतहटको गरुडामा सडक बनाउन खनिएको खाल्डोमा जम्मा भएको पानीमा डुबेर चार बालबालिकाको मृत्यु भएपछि पक्राउ परेका ठेकेदारलाई प्रहरीले छाडेको छ ।

सडक ठेकेदार प्रल्हाद साहलाई प्रहरीले निर्माण व्यवसायी संघको अध्यक्ष नागेन्द्र साहको जिम्मा लगाएको हो । नागेन्द्रले प्रल्हादलाई आफूले जिम्मा लिएर छुटाएको बताए ।  उनले भने, ‘प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडेको छ । मेरो जिम्मामा प्रहरीले रिहा गर्‍यो ।’

 

गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो । ठेकेदारले खाल्डो नपुरेकाले वर्षाको पानी जम्मा भएर पोखरीजस्तो बनेको थियो । सोही खाल्डोमा डुबेर शनिबार गरुडा नगरपालिका-४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना साह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको मृत्यु भएको थियो । मृतकका परिवारलाई किरिया खर्च दिने र दोषीलाई कारबाही गर्ने सहमति भएपछि आफन्तले आइतबार शव बुझेका छन् ।

यसैबीच रौतहटको गरुडामा चार बालिकाको मृत्यु भएको घटनाबारे जानकारी दिन व्यवस्थापिका संसदले सरकारलाई निर्देशन दिएको छ ।

Share.

About Author

Leave A Reply