शिरमा फुल शिउरेकीसंग धिरेन्द्र र राजनको रोमान्स

0

शिरमा फुल शिउरेकीसंग धिरेन्द्र र राजनको रोमान्स
प्रमोद डिजी,नेपालगंज


पछिल्लो समय नेपालगंजमा बिभिन्न म्यूजिक भिडियो,चलचित्र र डकुमेन्ट्री छायाकंन बढ्ने क्रम बढी रहेको छ । नेपालगंजमा कलाकारिता फष्टाउन अलि गाह्रो भनिएका बेला भकाभक छायाकंन भईरहदां राष्ट्रिय स्तरसम्म आफ्नो नाम चर्चामा रहेका तर यसै क्षेत्रमा जन्मेका कलाकारहरुको पनि आशा जागेको छ । भर्खरै मात्र बांकेको फुल्टेक्रा पुरैना नजिकैको शिव मन्दिर र बागेश्वरी मन्दिरमा शिरैमा फुल शिउरेकी,लाजैले निउरेकी बोल रहेको तिज गितको छायाकंन गरिएको छ । उक्त गितमा धिरेन्द्र शाही,शबिता राना,टिका पुनको आवाज रहेको छ भने धिरेन्द्र शाहीको आफ्नै शब्द र लय रहेको छ । धिरेन्द्र शाही एक आफैमा चर्चित गायक हुनुहुन्छ उहांले थुप्रै गितहरु बजारमा ल्याई सक्नुभएको छ ।

यस गितमा अभिनय गर्नुभएको छ राजन कुमार बैश्य,सिर्जना केसी,शरण चौधरी र रोजी श्रेष्ठले भने राजन कुमार बैश्यले नै निर्देशन गर्नुभएको छ । राजन कुमार बैश्य एक आफैमा नृत्य र निर्देशनको पाटोमा अब्बल हुनुहुन्छ । उहांलाई क्रोरियोग्राफीमा सुरज चौधरी र दिल बहादुर सुनारले साथ दिनुभएको छ । साथै  क्यामरा र सम्पादन दिनेश वलीको रहेको छ ।शिरैमा फुल शिउरेकी,लाजैले निउरेकी गीतको म्यूजिक भिडियो केही दिनमै हेर्न पाइने निर्देशक राजन कुमार बैश्य र गायक धिरेन्द्र शाहीले बताउनु भएको छ । र यसमा ब्यबस्थापन चलचित्रकर्मी तथा ब्यबस्थापक रिचर्ड रसाईलीको रहेको छ ।

Share.

About Author

Leave A Reply