सुर्खेतमा ज्योती र सिद्धार्थ बैंकको शाखा बिस्तार

0

सुर्खेत : वीरेन्द्रनगरमा बुधबार २ वटा बैंकले शाखा बिस्तार गरेका छन्। अन्य बैकंहरुको तुलनामा उत्कृष्ट नमुना बैक बनाई सम्पुर्ण बैकंको नेतृत्व लिने उद्धेश्यका साथ २०६५ सालमा स्थापना भएको ज्योति विकास बैंकले आफ्नो ३३ औ शाखाका रुपमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा शाखा स्थापना गरेको हो। ‘ख’ वर्गको राष्ट्रिय स्तरको वित्तिय संस्था बैंकिङ सेवाको सरुवात गरेको ज्योती विकास बैँक झिम्रुक विकास बैंकसँग समायोजन गरेर ज्योति विकास बैकका रुपमा संचालनमा आएको हो। एटिएम कार्ड सेवा, मोबाइल बैकिंङ सेवा, इन्टरनेट बैकिङ सेवा दिदैँ आएको बैंकले निकट भविष्यमै लकर सेवा पनि सन्चालनमा ल्याउने ज्योति विकास बैकंका मध्य तथा सुदुरपश्चिम क्षेत्रिय प्रवन्धक मदन बहादुर केसीले जानकारी दिएका छन्। यस्तै बुधबार नै सिद्धार्थ बैंकले पनि सुर्खेतमा आफ्नो शाखा कार्यालय उद्‍घाटन गरेको छ बैंकका संचालक हेमन्त ज्ञवालीले औपचारीक रुपमा शाखा कार्यालयको उद्‍घाटन गरेका हुन्। देशभर ७० वटा शाखा रहेको सिद्धार्थ बैकले आर्थिक वर्ष २०७३ ०७४ को मसान्तसम्म ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ। यस्तै सोही अवधिमा बैकको कुल निक्षेप ७५ अर्व २७ करोड र कर्जा लगानी ६६ अर्ब २६ करोड रहेको सिद्धार्थ बैंकले जनाएको छ।

Share.

About Author

Leave A Reply